काठमाडाैं। नेपाली काँग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो ।
काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरलका अनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । उनका अनुसार ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।
मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।



लोकपाटी न्यूज

