‘एमालेले मलाई कति धेरै महत्व दिने रहेछ !’

prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले १० औं महाधिवेशन चितवनमा गर्दा आफूलाई फाइदा पुग्ने बताएका छन् ।

आफूलाई महत्व दिएर एमालेले बुटवलमा तय भएको महाधिवेशन चिवतन सारेको भन्दै उनले त्यसले आफूलाई फाइदा पुग्ने बताएका हुन् ।

‘उहाँहरुले यहाँ महाधिवेन गरेर मलाई विजयी बनाउने सुरुवात गर्नुभएको छ भन्ने लागेको छ’ मंगलबार चितवनमा पत्रकारसँग उनले भने, ‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भनेर चितवनका जनताले राम्रै बुझ्ने भए नि । प्रचण्डको भूमिका देशमा के रहेछ प्रचण्डको महत्व के रहेछ थाहा पाउने भए ।’

मंसिरको १० देखि १२ गतेसम्म नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने तय गरेको छ ।