काठमाडौं । विदेशी नागरिक अनाधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास गरिरहेको भन्दै सरकारले परिचयपत्रविना कसैलाई पनि घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत गृहमन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको हो ।
गृहले परिचयपत्र नभएकालाई काममा नलगाउन पनि आग्रह गरेको छ । साथै पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि भनिएको छ ।
“पछिल्ला केही दिनका घट्नाहरूबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनाधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ । साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुन समेत अनुरोध छ” विज्ञप्तिमा भनिएको छ ।



लोकपाटी न्यूज

