एमाले प्रवेश गर्ने तयारीमा सर्वेन्द्र खनाल

Sarbendra-khanal
लोकपाटी न्यूज

काठमाडाैं। पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारी गरेका छन्। खनाललाई एमाले प्रवेश गराउन विभिन्न चरणमा छलफल समेत भइसकेको छ।

एमालेको १० औं महाधिवेशन नजिकिँदै गर्दा खनाल एमाले प्रवेश गर्न लागेका हुन्। खनाललाई एमाले प्रवेश गराउनेबारे छलफल भइरहेको एमाले निकट स्राेतले जनाएकाे छ।

स्राेतले भन्याे ‘विभिन्न चरणमा छलफल भइरहेको छ। अहिलेनै टुंगिएको छैन। छलफल सकारात्मक ढंगले अघि बढेको छ।’  खनालले आफू अबको निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने तयरीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन्। खनालले एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिका छलफल समेत चलाएका छन्।