१० औं महाधिवेशन चितवनमा गर्ने एमालेकाे निर्णय

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ । बैठक भोलि दिउँसो २ बजे पुनः बस्नेछ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।

यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन बुटवलमा हुने बताएका थिए ।