बाढी पीडितलाई घर बनाउन सरकारले पैसा दिने, कति दिने भयाे ?

लोकपाटी न्यूज

काठमाडाैं। सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेकाे छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइनेछ।

गृहमन्त्री बालकृष्ण खाँणले बैठकले भाैगाेलिक हिसाबमा घर बनाउनका लागि राहत दिने गरी सरकारले निर्णय गरेकाे जानकारी दिए । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइने बैठकले निर्णय गरेकाे छ ।

यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय पनि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्