काठमाडाैं। सरकारले बाढी, पहिरो र डुबानमा परेकालाई राहत तथा क्षतिपूर्ति दिने निर्ण गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षताम बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई उद्दार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।
गत तीन दिनदेखि परेकाे अविरल वर्षाका कारण देशभरका विभिन्न ठाउँमा बाढी पहिराे तथा डुबान भएकाे थियाे। बाढी पहिराे तथा डुबानमा परी बुधबार अपरान्हसम्म देशभर ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्।



लोकपाटी न्यूज

