महाधिवेशन कुनै हालतमा सर्दैन : ओली

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित मितिमा नै पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुने बताएका छन् । बुधबार बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले यस्ताे बताएका हुन्।

तर उनले महाधिवेशन कहाँ हुने भन्नेबारे स्थान पहिचान भोलि तय हुने बताए । “महाधिवेशन हुन्छ, हुन्छ । तोकिएको समयमै हुन्छ ।महाधिवेशन सर्दैन । कहाँ हुन्छ भन्ने भोलि तय हुन्छ,” उनले भने ।

विधान महाधिवेशनमा बुटवलमा गर्ने प्रस्ताव आएको जानकारी दिँदै उनले तर कहाँ हुने भन्ने निश्चित भइनसकेको बताए । भोलि एमाले स्थायी कमिटीको बैठक बस्दैछ । आउँदो मंसिरमा पार्टीको महाधिवेशन गरिँदै छ ।