यस वर्षको नोबेल शान्ति पुरस्कार कसले पायाे ?

लोकपाटी न्यूज

काठमाडौं। यस वर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई दिइने भएको छ । नर्वेजियन नोबेल कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई दिइने भएको छ ।

उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कार दिइएको कमिटीले जनाएको छ ।

प्रजातन्त्रको पूर्वशर्त र शान्तिका लागि अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण भएको र त्यसको रक्षाका लागि रेसा र मुरातोभले उल्लेख्य भूमिका निर्वाह गरेको कमिटीले जनाएको छ ।