एकीकृत समाजवादी पटिहानीको अध्यक्षमा गिरिधारी पौडेल चयन

लोकपाटी न्यूज

नेकपा एकीकृत समाजवादी भरतपुर २२ पटिहानीको अध्यक्षमा गिरिधारी पौडेल चयन भएका छन् । आज सम्पन्न वडा भेलाले पौडेलको अध्यक्षतामा ३९ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा रामनाथ पन्त, कृष्ण प्रसाद साखी , विवेक चापागाईं, सचिवमा जीवन दवाडी, सहसचिवहरुमा कृष्ण प्रसाद लामिछाने र प्रेम कुमारी अधिकारी चयन भएका छन् ।

पार्टीका जिल्ला ईन्चार्ज कृष्ण खनालको प्रमुख आतिथ्यता एवम् ज्येष्ठ सदस्य खिल बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला अध्यक्ष कृष्ण पन्त, उपाध्यक्ष कृष्णराज न्यौपाने लब्ली, सचिव केपी लामिछाने र महानगर अध्यक्ष बिष्णुराज महतो लगाएतको उपस्थिति रहेको थियो ।