मन्त्री छान्ने जिम्मा सचिवालयकाे, काे-काे छन् सचिवालयमा ?

लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एकीकृत समाजवादीले दुइटा मुख्यमन्त्री पाउने भएको छ। बागमती प्रदेश र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गठबन्धन बैठकमा भएको माधव नेपालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका छन्।

यसअघि कानुन मन्त्रालय पाउने भनेकाे ठाउँमा स्वास्थ्य मन्त्रालय पाउने सम्भावना बढेको नेपालले बैठकमा बताएका थिए। यसैगरी आजको बैठकले मन्त्री छान्ने जिम्मा चाहिँ सचिवालयलाई दिएको छ।

बैठकले आजै ११ सदस्यीय सचिवालय समेत तय गरेकाे छ। सचिवालयमा माधव कुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपाने, विजय पौडेल, राजेन्द्र पाण्डे लगायत रहेका छन्। उनीहरूलाई मन्त्री छान्ने जिम्मा दिइएको स्थायी समिति सदस्य विरोध खतिवडाले जानकारी दिए।