काठमाडाैं। सत्तारुढ दल नेपाली कांग्रेसले बिहीबार साँझसम्ममा कांग्रेसबाट थप मन्त्री बन्नेको नाम टुंगो लगाउने भएको छ। बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए अनुसार कांग्रेसले नाम टुंगो लगाउन लागेको हाे।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केही विषय टुंगो नलाग्दा बुधबार नाम टुंगो लगाउन नसकिएको हाे। उनले बुधबार केही विषय टुंगो लाग्न नसक्दा नाम छनोट हुन नसकेको बताउँदै आज साँझसम्म साे कुराकाे टुंगो लाग्ने बताए।
मन्त्रीमण्डल विस्तारका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तीन मन्त्रालयको दाबी गरेपछि संख्याको विषयलाई लिएर कांग्रेसमा विवाद भइरहेको छ। साे विवाद टुंगाे लगाएर मन्त्रिपरिषद विस्तारमा सहयाेग गर्ने कांग्रेसले जनाएकाे छ।



लोकपाटी न्यूज

