माओवादीबाट मन्त्री बन्नेमा ५० प्रतिशत महिला

Pampha Bhusal
लोकपाटी न्यूज

काठमाडाैं। माओवादी केन्द्रबाट मन्त्री बन्नेमा ५० प्रतिशत महिला रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ। वर्तमान सरकारमा सहभागी हुने पछिल्ला मन्त्रीहरुकाे नाम टुंगाे लगाउँदै पार्टीले सरकारमा सहभागी हुने मन्त्री झण्डै ५० प्रतिशत महिला रहेकाे बताएकाे हाे।

पार्टीले आजकाे बैठकबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाइ मन्त्री र बोधमाया यादवलाइ राज्यमन्त्री बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रबाट यसअघि पनि दुइ मन्त्री सरकारमा सहभागी छन्।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा सरकारमा सहभागी छन्।