काठमाडौं। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन्।
बुधबार प्रदेशसभा बैठकमा राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन्।
केही कमजोरी भए बोलाएर सोध्न सक्ने भन्दै मुख्यमन्त्री राउतले एक्कासी छापा मार्नु हस्तक्षेप भएको बताए। मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो। सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो। अख्तियारले छापा मारे पनि यसलाई राजनीतिक दलले एजेण्डा बनाउन नहुने बताए।



लोकपाटी न्यूज

