यी हुन् मन्त्रिपरिषद्का ५ महत्वपूर्ण निर्णय

लोकपाटी न्यूज

काठमाडौं । सरकारले प्रशासन सेवाका सहसचिव रविलाल पन्थलाई विशिष्ट श्रेणी पद सचिवमा बढुवा गरेको छ । मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले सहसचिव पन्थलाई विशिष्ट श्रेणीमा बढुवा गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।यस्तै वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ भने ऋण अशुली न्यायाधीकरणको रिक्त कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मी नियुक्त भएका छन् ।

यस्तै असोज २४ गतेदेखि असोज २८ गतेसम्‍म पररष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्‍न आन्दोलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको गठन गरिएको छ भने विद्युतीय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषताहरु स्वीकृत गर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्