उत्कृष्ट नगरको अवार्ड बुटवल उपमहानगरपालिकालाई

लोकपाटी न्यूज

जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरु मार्फत् मुलुकका ११ वटा नगरपालिकामा गरेको सर्वेक्षणमा लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगरपालिकालाई पहिलो भएको ठहर गरेको छ ।

देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका नगरलाई छनौट गर्दा बुटवललाई उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरिएको हो ।

छनौटमा परेका नगरपालिकाको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टीम लिडर दिप्ति खकुरेलको भनाइ छ ।

उत्कृष्ट नगरका रुपमा ठहर भएसँगै संस्थाले उपमहानगरका प्रमुख शिवराज सुवेदीलाई अवार्ड हस्तान्तरण गरेको छ । खकुरेलसहित आएको जीआइजेडको टोलीले प्रमाण पत्र र अवार्ड प्रदान गरेको हो ।

सो क्रममा बोल्दै प्रमुख सुवेदीले बुटवलले यसअघिको आर्थिक विकास रणनीतिलाई पुनरावलोकन गर्न लागेको र लगानीमैत्री वातावरण बनाउन थप नयाँ रणनीति बनाउन लागेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्