अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल

madhav_nepal_hospital pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल अस्पतालबाट डिस्चार्ज घई घर फर्किएका छन्।

रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि असोज १३ गते राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनलाई भर्ना गरिएको थियो।

स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ।

अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्