यो कमरेडको उद्घोष हो
कदापी रोकिने छैनन् पाइलाहरु
हातमा हात साथमा साथ मिलाएर लम्किरहने छन्
फेरि एक हुल जनमुक्ति कमान्डर।
सहिदका अधुरा सपनाहरुको गन्तव्यमा पुग्न
नयाँ विचारले गर्नेछन् वैज्ञानिक यात्रा
र उठ्नेछन आगो ओकल्ने मशालहरु
ओ बुर्जुवाहरु हो
सहिदको रगतले सिन्चिएको रातो माटोमा
कहिलेसम्म गरौला रु
कालो धन्दाको खेती।
बोल्न नसक्नेहरु बोल्नेछन्
सुन्न नसक्नेहरु सुन्नेछन्
देख्न नसक्नेहरु देख्नेछ्न्
लेख्न नसक्नेहरु लेख्नेछन्
हिंड्न नसक्नेहरु हिंड्नेछ्न्
उठ्न नसक्नेहरु उठ्नेछन्
तिम्रो सातो जाने गरि आउनेनेछ फेरी क्रान्तिको आँधीवेरी
क्षत् विक्षत् हुनेछन्
तिम्रा काला कुकृत्यहरु।
जवसम्म तिम्रो अधिनायकको नाडी चल्नेछ
तवसम्म जन्मिरहनेछ्न्
सहिदका आर्तनाड बाट
एकाएक मुक्तीगामी क्रान्तिकारीहरु।
यो वीरको मुलुक हो
अन्याय र अत्याचारले सीमा नाग्यो भने
एक बहादुर
तयार भैहाल्छ युद्धमा होमिन
परिवर्तनका खातिर
स्वस्वार्थ पैताला मुनि राखेर
क्रान्तिको विगुल फुक्दै अनन्तसम्म।
आँखामा परिवर्तनको वेग लिएर
छातीमा देश राखेर
जननी भाकेर
युगको जिम्मेवारी सम्झी
बन्दुक बोकि भोकभोकै हिँडिरहने
सामन्त,भ्रष्ट र दलालको मस्तिष्क उडाइदिने
क्रान्तिकारी योद्धा
आतंककारी हुनै सक्दैन।
भोलि
भत्किनेछ्न जेलहरु ,
भत्किनेछन वृद्धा आश्रमहरु,
हराउनेछन छाउगोठहरु,
धोस्त हुनेछन् सारा रीतिका काला भेदहरु
र
बन्नेछन बाटाघाटा,
खोल्नेछ्न् उद्योगधन्दाहरु
चिकित्सालय,
खुल्ला विश्वविधालय
हुने छैनन् कुनै घर मुग्लानी पर्खिने प्रतीक्षालय।
काला रातहरुको अन्त्य भएर
उज्यालोले राज गर्नेछ
समानता र स्वतन्त्रताको एउटा बस्तिमा
ओ सैतानहरु हो
तिम्रो सौताने मर्जिको पर्खाल भत्किनेछ
र हुनेछ
हुकुम विहिन समान कानुनी राज्यको आभाष
कुनाकन्दरा
दुरदराजसम्म।
एकदिन
बल्न नसक्ने चिसो चुल्होमा पाक्नेछ क्रान्तिको खिचडी
एक कमरेड
निरन्तर गरिरहेछ क्रान्तिको उद्घोष ।



लोकपाटी न्यूज

