काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमित स्वार्थ र षड्यन्त्रका कारण पार्टी एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन्। विशाल योजनाका साथ पार्टी एकता गरेकाे तर त्यसमा स्वार्थ हाबी भएपछि एकता निष्कर्षमा पुग्न नसकेकाे बताएका हुन्।
नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गर्ने फैसला गरेपछिको अवस्थामा यो एकीकृत पार्टीको प्रथम विधान महाधिवेशन भएको उनको दाबी छ।
विशाल योजनाका साथ भएको पार्टी एकता भंग भएको बताउँदै उनले एमाले एकीकृत पार्टीको धार भएको बताए। केही व्यक्तिहरू एमालेबाट पदलोलुपताका कारण बाहिरिएको उनले आरोप लगाए। पार्टीमाथि नयाँ घेराबन्दी भएको पनि उनको भनाइ छ।



लोकपाटी न्यूज

