एमाले विधान महाधिवेशन : राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओली

KP sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। शुक्रबार सुरु भएको नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा महाधिवेशन जारी छ । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शुक्रबार नै ती दस्तावेजहरुमाथि छलफल गर्न समूह विभाजन गरिने जनाइएको छ । महाधिवेशनमा देशभरका ६ हजारभन्दा धेरै प्रतिनिधिहरुले भाग लिएका छन् ।