उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

misayel pic
लोकपाटी न्यूज

एजेन्सी। उत्तर कोरियाले फेरि अर्को एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाले एक महिनाको अवधिमा यो चौथो मिसाइल परीक्षण गरेको हो।

बिहिबार परीक्षण गरिएको मिसाइलमा दुई वटा राडर कन्ट्रोल र अन्य नयाँ प्रविधिहरु रहेको उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले जनाएको छ। यो परीक्षणलाई पनि उसले देशको सुरक्षाका लागि अत्यावश्यक र महत्वपूर्ण भनेको छ।

केही दिन अघि उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो। उता, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले उत्तर कोरियाको निरन्तर मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षामा अस्थिरता बढाएको बताउनुभएको छ।

राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले त्यसलाई लत्याउँदै परीक्षण र प्रक्षेपणलाई निरन्तरता दिंदै आएको छ।