राष्ट्रिय सभाको बैठक स्थगित

rastriya_sabha_
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आगामी आइतबारका लागि बोलाइएको बैठक बिहीबार सूचना टाँसेर स्थगित गरिएको हो ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विशेष कारणवश बैठक स्थगित गरिएको जनाएका छन् । बैठक आगामी सोमबारका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद लगातार अवरोध गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक बोलाएर संसदको अवरोध हटाउने पहल गरे पनि एमाले भने बैठकमा उपस्थित नै भएन । एमाले विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्