मुटुको जाँचमा नर्भिकले १० प्रतिशत छुट दिने

लोकपाटी न्यूज

काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरूमा छुट दिने भएको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरूमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

यो योजनाअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् ।

यो अफर २९ सेप्टेम्बर(आज)देखि लागू भई २ अक्टोबरसम्म कायम रहने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्