भरतपुर। पर्यटन दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा परिवेश चपागाईं प्रथम भएका छन् । चितवन र नवलपुरका विभिन्न ७ लियो क्लवहरुलाई पछि पार्दै लियो क्लब अफ भरतपुर युथका चपागाईं प्रथम भएका हुन् ।
४२ औँ विश्व पर्यटन दिवसको अवसरमा लियो क्लब अफ गीतानगरले कोरोनाले थलिएको पर्यटन विकासमा युवा र युवा आवद्ध सामाजिक संस्थाको भूमिका विषयमा उक्त प्रतियोगीता आयोजना गरेको थियो । प्रतियोगीतामा लियो क्लब अफ चितवन पर्साका देवेन्द्र श्रेष्ठ द्धितीय हुँदा लियो क्लब अफ चितवन विरेन्द्रनगरकी अन्जना सिलवाल तृतीय भएकी थिईन्। विजेताहरुलाई नगद र प्रमाण पत्र पुरस्कृत गरिएको कार्यक्रम संयोजक शान्ति रिमालले बताइन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडी, पर्यटन व्यवसायी सुमन घिमिरे, देभेन लोहनी लगायतको उपस्थितिमा उनीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायकको रुपमा क्षेत्रीय होटल संघ सौराहा चितवनका निर्वतमान अध्यक्ष सुमन घिमिरे, संचारकर्मी अपिल घिमिरे र सविता अधिकारी रहेका थिए।
भरतपुर १३, पृथ्वीनगरको कमल पोखरी तथा दुर्गा मन्दिरको परिसरमा भएको प्रतियोगीतामा लायन्सको जि.एस.टी कोर्डिनेटर कमल प्रसाद श्रेष्ठ, लियो क्लब आफ गीतानगरका संस्थापक अध्यक्ष एवम् लायन्स क्लव अफ गीतानगरका संस्थपक अध्यक्ष अशोक कोइराला, लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ का एक्जुकेटिभ सेक्रेटरी पुरुषोत्तम सुवेदी, लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ का एरिया कोर्डिनेटर विज्ञान पौडेल, लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ का रिजन कोर्डिनेटर दिपेश ज्ञावाली र लियो क्लब अफ गीतानगरका पुर्व अध्यक्षहरुको विशेष उपस्थिति रहेको थियो ।
उपस्थितहरुले कोभिडका कारण थलापरेको पर्यटन विकासमा यस्ता कार्यक्रम उपलब्धिमुलक हुने बताएका थिए । लियो क्लब आफ गीतानगरका अध्यक्ष विवेक पोख्रेलले क्लबले पर्यटकीय गतिविधि र पश्चिम चितवनका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि निरन्तर काम गर्ने समेत बताएका छन् ।
देवराज सापकोटा सम्मानित
क्लबले पश्चिम चितवनको पर्यटन विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै भरतपुर ६ निवासी देवराज सापकोटालाई सम्मान गरेको छ । वरण्डाभार क्षेत्रमा हात्ती सयर र ट्रयाकिङ्ग पर्यटनको शुभारम्भ सँगै पश्चिम चितवनको पर्यापर्यटन विकासमा नेतृत्व गरेको भन्दै क्लबले विश्व पर्यटन दिवसको अवसर पारेर कदर पत्रसहित उनलाई सम्मान गरेको हो।



लोकपाटी न्यूज
