ओलीको प्रतिवेदनमा भुषालको यस्ताे छ तीन बुँदे फरक मत

Ghana Shyam Bhusal
लोकपाटी न्यूज

असाेज १० काठमाडाै। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव समेत रहेका नेता घनश्याम भुषालले फरक मत राखेका छन्। जारी केन्द्रीय कमिटी बैठकमा भुषालले तीन बुँदे फरक मत राखेका हुन् ।

आइतबार अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत दर्ज गराएका हुन् ।

भुसालले जबजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको जस्ता फरक दृष्टिकाेण राख्दै अध्यक्षको प्रतिवेदनमाथि फरक मत दर्ज गराएका हुन् ।