असाेज ९ काठमाडाै । दशै तिहार मनाउनका लागि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढ्दै गएको छ । उपत्यकामा अध्ययन, व्यापार वा अन्य पेशा व्यवसायमा रहेका व्यक्तिहरु दशै नजिकिएसँगै गाउँ फर्किन थालेका हुन् ।
मध्यदशैंमा जाँदा भीडभाड हुने र कोरोना संक्रमणको डरका कारण अहिलेदेखि नै शहरबाट मानिसहरु गाउँ फर्कन थालेका हुन्। यातायात व्यवस्था विभागले सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय पनि गरिसकेको छ।
विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारकर्मी लगायतको छलफलपछि बिहीबार अग्रिम टिकट खुल्ने भएको हो। सरकारले गत असार २९ गते सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो।
यस्तो छ भाडादर
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/09/bhadadar.pdf”]



लोकपाटी न्यूज

