काठमाडौं। इजरायल रोजगारीका लागि जान अंग्रेजी भाषा परीक्षा भोलि सोमबारबाट सुरु हुने भएको छ।
भाषा परीक्षा २८ गते सोमबार १ बजे हुने भएको छ। परीक्षाका लागि काठमाडौँका विभिन्न ११ स्थानमा केन्द्र तोकिएको छ ।
इजरायल जान ९ हजार बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ। ७ हजार नेपालीले भोलि सोमबार अंग्रेजी भाषा परीक्षा दिने छन्। इजरायलले १ हजार कामदार लैजाने तयारी गरेको छ।



लोकपाटी न्यूज

