यहाँ बोल्न मनाही छ
लिङ्गमा लत्पतिएको आलो रगत पुछेर
भर्खरै एउटा इन्द्र
भिडमा -जोर जोरले चिच्याइरहेछ
अहिल्यालाई न्याय दे
अहिल्यालाई न्याय दे
अहिल्या एक लास भैसकिन्
कुहिनाको निसाना लगाएर
नवयौवनाको छातीमा
जमल झरेको अपराधि अर्जुन
माइतीघर मन्डला पुगेर
यौनहिंसा विरुद्ध भाषण गरिरहेछ
नो मिन्स नो
के तपाइँहरुले तालिहरुको गडगडाहट सुन्नुभयोरु
सेतो फ्रकमा
महिनावारीको रातो दाग टाँसिँदा
किन गर्जिनँ पाइनँ ?
आजकि द्रौपदि
सेल्फ रेस्पेक्टुको गर्विलो गर्जन
दुस्सासनहरुको हाहाहा रोकिएकै छैन
छातीमा टाँसेर कर्णलाई
किन गर्न सकिनँ ?
फादर वर्ल्डुकि कुन्तिले
आफ्नो गर्भमाथि आफ्नै क्लेमुरु
नेपाल आमाले त खोज्नु नपर्ने बुबाको पहिचान ?
देवीहरुको परेडमा
फुकि रहेको छ हिंस्रक कृष्ण
सिंहदरबार- मङ्गल शङ्ख
तपाईंहरु पितृसत्ताको हुंकार सुन्दै गर्नुहोस्
म
अदालतकि गान्धारीको पट्टि फुकाएर आउँछु…



लोकपाटी न्यूज

