धनुषा। प्रदेश नम्बर २ मा मन्त्रीहरूको जिम्मेवारी फेरबदल गरिएको छ। अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहलाई दिइएको छ। यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साहले सम्हाल्दै आएका थिए।
जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालय उनले सम्हाल्ने भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले बताए।
नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले आफूलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको बताए।



लोकपाटी न्यूज

