लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डिसीले दिए राजीनामा

लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि उनले पनि राजीनामा दिएका हुन्।

उनको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन्। डिसीले संविधानको धारा १६० खण्ड (क) अनुसार मुख्यमन्त्रीमार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

पोखरलले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गरेका थिए।