काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भूमिसम्बन्धी आयोग खारेज गरेर फेरि अर्को आयोग गठन गर्न नहुने बताएका छन्। आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमाले यस्तो बताएका हुन्।
एउटा भूमि आयोग विघटन गर्ने अनि फेरि अर्को आयोग बनाउनु ठीक होइन,उनले भने। गौतमले वैज्ञानिक भूमि सुधार व्यवस्था लागू नभएसम्म सुकुम्बासीको संख्या बढिरहने बताए। उनले सुकुम्बासीका नाममा जग्गा वितरण गर्नु गलत कार्य भएको बताए।
संविधानले आवासको सुनिश्चित वा रोजगार देऊ भनेको उल्लेख गर्दै उनले सबैलाई रोजगार दिनु उपयुक्त हुने बताए।नेता गौतमले जबसम्म जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुन्छ सुकुम्बासी बन्ने प्रक्रिया त्यहीबाट सुरु हुने बताए।उपाध्यक्ष गौतमले देशमा कृषि भूमि २६ लाख हेक्टर रहेको भन्दै कृषि भूमिको टुक्रा चार करोडमाथि भइसकेको बताए।



लोकपाटी न्यूज

