एमाले केन्द्रीय समिति बैठक सर्‍यो

UML_Committee
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि निर्धारण गरेको आफू पक्षीय केन्द्रीय कमिटी बैठक एक दिन पर सारेका छन्।

ओली निकट केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक सोमबारका लागि सारिएको हो। शुक्रबार सकिएको एमाले माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले ओली पक्षलाई एकता नहुञ्जेल एकलौटी ढंगमा पार्टी गतिविधि नगर्न आग्रह गरेको थियो।

पार्टी एकताका लागि नै पूर्वनिर्धारित बैठक एक दिन पर धकेलिएको हो भन्ने प्रश्नको जबाफमा तामाङले जसरी बुझ्दा पनि हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्