काठमाडौं। आजदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मास्क अभियान सुरु गरेको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सुरु गरेको हो।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरे। स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. राधिका थपलियाले मास्कबारे यो अभियान एक हप्ते भएतापनि महामारीभर मास्क लगाइराख्ने प्रतिबद्धता सबैले गर्नुपर्ने बताइन्। उनले मास्कलाई सही तरिकाले लगाउन सिकाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिइन्।



लोकपाटी न्यूज

