इटहरीमा बालबालिकाले फेला पारे ग्रिनेड बम

grinet bom
लोकपाटी न्यूज

इटहरी। इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा एक बालकले ग्रिनेड बम फेला पारेका छन्। शनिबार बिहान एक बालकले बम फेला पारेका थिए। अन्नपूर्ण मार्गको सडक निर्माणको क्रममा निर्माण सामाग्री राखिएकै ठाउँमा बम फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

बालबालिकाले शंकास्पद वस्तु फेला पारेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए।घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो।

बम डिस्पोजलको टोली आएर जाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए।

सो बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्