जापानले दिएको पाँच लाख डोज खोप नेपाल आइपुग्यो

japan khop help
लोकपाटी न्यूज

काठमाडौं। जापानले कोभ्याक्स परियोजनामार्फत् नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुगेको छ।

शनिबार बिहान साढे ९ बजे जापानबाट पाँच लाख १३ हजार डोज खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए।

एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जापानले १६ लाख डोज एस्ट्राजेनेका खोप सहयोग गर्ने प्रतिबद्धता गरेको छ।

त्यसमध्ये आज र भोली गरेर आठ लाख डोज खोप नेपाल आइपुग्दै छ। कोरोनाविरुद्ध पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका नागरिकलाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने निर्णय सरकारले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्