नेपाल पक्षधर बहुमत केन्द्रीय सदस्यहरु पार्टी विभाजनको विपक्षमा

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहको साउन २१ र २२ गते दुई दिन लगातार बसेको केन्द्रीय सदस्यहरुको बैठकले पार्टी एकता गर्नुपर्नेमा जोड दिएका छन्। नेता नेपाललाई पार्टी फुटाउने कष्टमा बहुमत केन्द्रीय सदस्यहरुले साथ नदिने भएका छन्।

उनीहरुले अन्तिमसम्मपनि एकताकै लागि पार्टीभित्र संघर्ष गर्नुपर्ने धारणा राखेका थिए। तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अधिकांश सांसदहरुले भने अब पार्टी फुटाएर भएपनि अघि बढ्नुपर्ने धारणा राखेका थिए।

बैठकको समापन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति नै गाली गरेपनि आफू एकताकै पक्षमा रहेको र संयमतता अपनाउने बताए। र, यसअघि कार्यदलले अघि सारेको १० बुँदे प्रतिवेदनलाई नै एकताको आधार मान्नेपनि बैठकले निश्कर्ष निकालेको छ।

माधव नेपालनिकट उच्च स्रोतकाअनुसार सरकारमा सहभागी हुनुपर्ने माग र ओलीसँग कुनैपनि हालतमा यही अवस्थामा मिल्न नहुने केन्द्रीय सदस्यहरुको संख्या भने ३० को हाराहारीमा मात्रै पुगेको छ। पार्टी फुटाउन नहुने पक्षमा ५० भन्दा बढि केन्द्रीय सदस्यहरु उभिएका थिए।

नेता नेपालले पनि आफूनिकट नेताहरुसँग एमाले आफूहरुको रगत र पसिनाले बनेको भन्दै यत्तिकै मैदान छोडेर नभाग्ने बरु पार्टीभित्रै बसेर संघर्ष गर्ने बताउँदै आएका छन्। तर, जति गर्दापनि अध्यक्ष ओलीले मिल्नै नदिने बरु एकताको लागि सहमति बन्ने बन्ने अवस्थामा केही न केही बोलेर भाँजो हाल्ने गरेको नेपालको निश्कर्ष छ। आफ्नो पक्षका तेस्रो र चौथो पुस्ताले भने नेता नेपाललाई अर्को पार्टी गठन गरेर भएपनि अघि बढ्नुपर्ने दबाब दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्