राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै : कक्षा १२ को परीक्षा स्थगित होला ?

लोकपाटी न्यूज

काठमाडौं। स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ। कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले शुक्रबार सिफारिस गरेको हो।

कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ। मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन्। कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन्।

परीक्षाबारे शनिबार निर्णय हुने बोर्डले जनाएको छ। यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो। कोरोना सङ्क्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्