काठमाडौं। सरकारले कक्षा १२ को परीक्षा स्थगन गर्ने तयारी गरेको छ। कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर सरकारले परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रवार यथास्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने जानकारी दिएका छन्। उनले परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको जानकारी दिएका छन्।
‘कोभिड-१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवन रक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं,’ उनले सामाजिक सञ्चालमा लेखेका छन्,‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको जानकारी गराउँछु।’



लोकपाटी न्यूज

