कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Congress_Sansad_Dal
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक साउन २८ गते २ बजेका लागि बोलाइएको छ।

पार्टी कार्यालय सानेपा, ललितपुरमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मुख्य सचिव पौडेलले शुक्रबार जारी विज्ञप्तिअनुसार बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ। कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै छ।

विवादका कारण तल्ला तहको अधिवेशन पनि हुन सकेको छैन। सदस्यता विवाद कायम रहँदा महाधिवेशनको कार्यतालिका पनि प्रभावित हुने सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्