काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेपाल नेता मेटमणि चौधरीले केपी ओलीलाई माफी माग्न एक हप्ताको समय दिने तयारी गरेको बताएका छन्।
नेपाल समूहको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माफी माग्न एक हप्ताको अल्टिमेटम दिने तयारी गरेको नेता चौधरीले बताए।
ओलीले पार्टीमा र्पुयाएको क्षति, प्रतिनिधिसभा विघटन र हालसम्म गरेका गल्तीका लागि माफी माग्न समय दिने तयारी गरिएको चौधरीले जानकारी दिए।
चौधरीले केन्द्रीय कमिटीको बैठकमा सरकारमा जाने र पार्टी एकताको प्रयास जारी राख्ने बारेमा छलफल भएको बताए। तर, ओलीको नेतृत्वमा एकता हुन नसक्ने धेरैको मत रहेको उनले बताए। नेता नेपालले साउन २४ गते सम्म एकताको काम सक्न वार्ता टोलीका नेतालाई निर्देशन दिएको उनले बताए।



लोकपाटी न्यूज

