नेपाल समूहको दोस्रो दिनको बैठकमा को-को भए सहभागी ?

Madhav_Nepal_Meeting oic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको माधव कुमार नेपाल समूहको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ।काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो। शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको नेता रघुजी पन्तले जानकारी दिए।

नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन्। पहिलो दिनको बैठकमा सहभागी नभएका पाण्डे दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन्।

पीएसओलाई कोरोना देखिएको र आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए। यसैबीच आजको बैठकमा पनि नेता योगेश भट्टराई भने सहभागी छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्