केपी ओलीसँग मिल्नु राजनीतिक आत्महत्या हो : नेपाल

madhav_nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतको प्रस्ताव नआएसम्म पार्टी एकता नहुने बताएका छन्। बिहीबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा जारी आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा नेता नेपालले सम्मानजनक हैसियतको प्रस्ताव अध्यक्ष केपी ओलीबाट नआएसम्म पार्टी एकता नहुने बताएका हुन्।

नेता नेपालले केन्द्रमा एकताको कुरा गरेर तल्लो तहमा अधिवेशन गर्ने निर्णय गर्नुले अध्यक्ष ओली एकलौटी ढंगले अघि बढेको प्रस्ट भएको पनि बताए। ‘हामीले केन्द्रमा एकताको कुरा गर्ने अनि तल्लो तहमा भने पार्टीको अधिवेशन गर्ने निर्णय गरिएको छ। यसले के देखाउँछ भने ओलीले पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको देखिन्छ,’ उनले भने।

नेपालले यथास्थितिमै अध्यक्ष ओलीसँग एकता गर्नु राजनीतिक आत्महत्या हुने बताए। ‘पार्टी एकताको कुरालाई लत्याउँदै ओली एकलौटी ढंगले अघि बढिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले यथास्थितिमै उनीसँग एकता गर्नु राजनीतिक आत्महत्या हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्