काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ गतेपछि शेरबहादुर देउवालाई सभापति नमान्ने चेतावनी दिएको छ।
चार वर्षका लागि सभपातिमा निर्वाचित भएका सभापति देउवाले पार्टी विधानले दिएको एक वर्ष र संविधानले दिएको थप ६ महिना कार्यकाल पूरा गर्दा पनि १४औँ महाधिवशेन अनिश्चित भएको ठहर गर्दै पौडेल पक्षले भदौ २३ पछि देउवालाई सभापति स्वीकार नगर्ने चेतावी दिएको हो।
आउँदो भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको पार्टीको १४औँ महाधिवेशन नहुनेतर्फ घटनाक्रम अघि बढेपछि पौडेल पक्षले महाधिवेशनका लागि दबाब सिर्जना गरेको हो।
बिहीबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले देउवा नेतृत्वको कार्य समितिलाई नमान्ने बताएको बैठक सहभागी एक नेताले जानकारी दिए।
बिहीबारको छलफलमा पौडेलसँगै नेताहरु सिंह, महामन्त्री शशांक कोइराल, अर्जुन नरसिंह केसी, बलबहादुर केसी र मिनेन्द्र रिजाल सहभागी थिए।
संस्थापन पक्षले तल्ला तहको अधिवेशन सुरु गरेर प्रदेश अधिवेशन र महाधिवेशन पछि गर्ने तयारी गरेपछि पौडेल पक्षले निर्धारित मितिमै अधिवेशनका लागि दबाब दिएको हो।



लोकपाटी न्यूज

