काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको स्वकीय सचिव भट्टराईले जनाएका छन्।
भट्टराईले फेसबुकमा लेखेका छन्, ‘केही समययता भारतको ओपोलो अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डा. अखिल मिश्रको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार भइरहेको थियो । आज सर्जन सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।’
केही समय अस्पतालमै आराम गरेपछि नेता खनाल स्वदेश फर्कने उनले फेसबुक स्टट्समा उल्लेख गरेका छन्।



लोकपाटी न्यूज

