भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ देखि

corona khop vid
लोकपाटी न्यूज

काठमाडौं। साउन २२ गतेदेखि देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले साउन २२ गतेदेखि देशैभर भेरोसेल खोपको दोश्रो मात्रा लगाउने भएको हो।

कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिले साउन २२ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका हुन्।

यसअघि, गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिका नागरिक र अत्यावश्यक सेवाका व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो।

साउन २२ गतेदेखि देशभरको ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयमार्फत् कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गर्नेगरी स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णय भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्