एडीबीको साढे १९ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

Cabinet-deuba
लोकपाटी न्यूज

काठमाडौं। सरकारले एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त १६५ मिलियन डलर अर्थात् करिब १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदमा सरकारले सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

‘आजको मन्त्रिपरिषदको बैठकले एडीबीको सहयोगमा रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अन्तर्गत प्राप्त करिब १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण साहयता स्वीकृत गर्ने निर्णय गरेको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने।

त्यसैगरी, गत वैशाख १६ गतेदेखि निषेधाज्ञा अवधिभर व्यक्तिगत घटना दर्तामा लाग्ने विलम्ब शुल्क मिनाहा गर्ने निर्णय भएको छ। निषेधाज्ञाका कारण व्यक्तिगत घटना दर्ता हुन पाएको थिएन। सोही कारण स्थानीय निकायले विलम्ब शुल्क लिन थालेका थिए। सरकारको निर्णयपछि कुनै पनि विलम्ब शुल्क लिन नपाइने भएको छ।

विभूषण समितिको सदस्यमा प्रा भूषण श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, मदनदास श्रेष्ठ, कुशप्रसाद मल्ली, ओमप्रकाश महतो, नरबहादुर कँडेललाई नियुक्त गरिएको छ। राष्ट्रिय जीवनमा आ-आफ्नो क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई समितिको सदस्यमा नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्