रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईलाई सोधियो स्पष्टीकरण

लोकपाटी न्यूज

काठमाडौं। सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए। विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने भट्टराईलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो।

उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षअघि नेपाल रेल्वेको महाप्रबन्धकमा नियुक्त गरेको थियो। नयाँ सरकार आएसँगै उनलाई हटाउने चर्चाबीच स्पष्टीकरण सोधिएको हो। यदि चित्त बुझ्दो स्पष्टीकरण नआए हटाउने तयारी सरकारले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्