त्रिविका पूर्वनिर्धारित तालिका परीक्षा रोकिँदैनन् : परीक्षा नियन्त्रक

T U
लोकपाटी न्यूज

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सुरु हुने जनाएको छ। पुरानो कोर्सको स्नातक तह तीन वर्षे र चार वर्षे तथा स्नातकोत्तर तहको परीक्षा सुचारु छ।

कोभिड-१९ महामारीको कारण लामो समयदेखि रोकिएका परीक्षा लिनैपर्ने बाध्यता रहेको नियन्त्रक पुष्पराज जोशीले बताए। ‘१९ महिनादेखि रोकिएको परीक्षा सुचारु राखेका हौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘निर्धारित तालिकाअनुसार सबै परीक्षा सुचारु रहन्छ।’

स्नातकमा ३० हजार र स्नातकोत्तर तहका ४२ हजार परीक्षार्थी रहेका छन्। जसमा व्यवस्थापन संकायको एक विषय, विज्ञान र शिक्षाशास्त्रका दुई-दुई विषय बाँकी रहेका छन्। उक्त परीक्षा यही साउन २४ गते सकिने छ। त्यसैगरी मानविकीतर्फ स्नातक ३ र ४ वर्षे कोर्सको परीक्षा साउन २९ गते सकिने नियन्त्रक जोशीले जनाएका छन्।

वार्षिक प्रणालीअन्तर्गतका एलएलबी पहिलो र दोस्रो वर्षको परीक्षा भदौ ११ र २७ गतेबाट हुने तालिका छ। स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आगामी असोजभित्र परीक्षा लिइने समेत जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्