जिल्ला न्यायाधीश बन्ने अवसर : कति जनाका लागि खुल्यो विज्ञापन ?

लोकपाटी न्यूज

काठमाडौं। न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगको परीक्षा महाशाखाले १८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ। यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १/१ जनाको विज्ञापन खुलेको छ।

प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ। यस्तै चौथो पत्रको पहिलो खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ। परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ।

आन्तरिक र खुलाका लागि दुई हजार र प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ। परीक्षा फारम बुझाउने म्याद ३० दिन तोकिएको छ। दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन फारम बुझाउन सकिने छ। परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ।

1

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्