ओली र नेपाल भेट्दै

Kp Oli and Madhav Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ। पार्टीभित्रको विवाद बढ्दै गइरहेका बेला ओली र नेपालबीच आज भेटवार्ता हुन लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए। तर, समय र स्थानको भने टुंगो लागि नसकेको उनले बताए।

उनीहरुबीच एकताका लागि सहमति खोज्ने विषयमा छलफल हुने नेम्वाङले बताए। एकताका लागि दोस्रो तहका नेताबाट निरन्तर प्रयास भइरहेका छन्। गत साउन १४ गते नेपालसँगको भेटमा नेम्वाङले एकतालाई निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै ओलीसँग भेटवार्ता गर्न आग्रह गरेका थिए।

एकताका लागि गठित कार्यदलले यसअघि १० बुँदामा सहमति गरेको थियो। सो सहमतिका बुँदामा पनि आजको भेटवार्तामा छलफल हुने बुझिएको छ। एमालेले सांगठनिक संरचनालाई पूर्णता दिँदै महाधिवेशनसम्मको कार्ययोजना अघि बढाउँदै गर्दा आज हुने भनिएको भेटवार्तालाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्